बिसाउने चौतारा
- Writer
- Judah Plows
Lyrics
Verse 1
दुःख आउँदा हुरी नि चल्दा
समाउने येशू नै हुन्
खाँचो नि पर्दा जुटाउने मेरा
महान् ईश्वर छन्
Bridge
एकलो अन्योल आँशुका रातमा
आनन्द येशू नै हुन्
निराशाको क्षणहरूमा
सामर्थ येशू नै हुन्
Verse 2
खरानी झैं मेरो जीवनलाई
सुन्दरताले भर्नु भो
चोट लागेको मेरो हृदयलाई
प्रेमले निर्माण गर्नुभो
Bridge
अरू कहाँ छ निर्बललाई शक्ति
एकलोलाई सहारा
निष्ठुरी संसारमा छ एउटै आशा
बिसाउने चौतारा
Outro
माया र मोह केही दिनको
पाहुना मात्र हुँ
जानेछु सदा बुवाको घरमा
अनन्त देशमा
येशूको राज्यमा

NepaliHymns