Skip to content

Song

वचनमा जराBachan ma Jaraa

WriterAdrian Dewan

3 Views

Lyrics

Chorus
हामी वचनमा तल जरा गाडेर
आत्मामा माथी उड्ने पुस्ता हौं
हामी आत्मामा उड्ने पुस्ता हौं
हामी वचनमा तल जरा गाडेर
आत्मामा माथी उड्ने पुस्ता हौं
हामी वचनमा डुब्ने पुस्ता हौं
हो...हो...हो
Verse 1
दाखमध्यले होइन आत्माले मातिएका
ज्योतिका सन्तान हामी हौं
शरीरको होइन आत्माको अधीनमा
दिन दिन हिड्ने पुस्ता हामी हौं
आत्मिकि धारण गरी सारा हात हथियार
संग्राममा उतरिनु छ
आँशुको आँशुको साथमा छरेर
हाँस्दै कटनी गर्नुछ
हो...हो...हो
Verse 2
सजिलोसँग अल्झाउने पापहरूलाई पन्साई
बलियो भई खडा हुनु छ,
रात पर्न अघि हेर दिन हुँदा नै मण्डलीले काम गर्नुछ
दाजु भाई दिदी बहिनी जाउँ है खेततिर
फसल पाकीसकेछ
खेताला खेताला अरू प्रभुले धेरै पठाउनुहुँदैछ
हो...हो...हो
Chorus
हामी वचनमा तल जरा गाडेर
आत्मामा माथी उड्ने पुस्ता हौं
हामी आत्मामा उड्ने पुस्ता हौं
हामी वचनमा तल जरा गाडेर
आत्मामा माथी उड्ने पुस्ता हौं
हामी वचनमा डुब्ने पुस्ता हौं
हो...हो...हो