आँट
Lyrics
Chorus
आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
Verse 1
रातभरि हुरी चल्यो
घरको धुरी सबै हल्ल्यो बेसरी मुटु काम्यो हौ
तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
बगैँचाको पर्खाल झर्यो
महिनाको मेहनत ढल्यो, कस्तो कालो औँसी पर्यो हौ
Verse 2
हेर्दा हेर्दै ओठबाट मुस्कानहरू झरी गयो
साँच्दा साँच्दै हातबाट खुसीहरू खसी गयो हौ
छेक्दा छेक्दै आँगनबाट घाम पनि भागी गयो
रोक्दा रोक्दै वसन्तलाई बगैँचा उजाड भयो हौ
Verse 3
आगोको फिलिङ्गो माथि उडे झैँ
मानिस कष्टको लागि जन्मन्छ
हो, आगोको फिलिङ्गो माथि उडे झैँ
मानिस कष्टको लागि जन्मन्छ
डरको चिसो पञ्जाले घाँटीमा समाउँदा
भोलिको अनिश्चितताले प्रश्वास दबाउँदा
सपनामा सास्ती अनि
मिल्छ बिपनीमा नि व्यथा
मिल्छ बिपनीमा नि व्यथा
Chorus
तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
Bridge
बलियो हाम्रो मायाले जीवनको धुरी कसाउँला
माया नै पो लक्ष्य रहेछ हौ
ईश्वरले तिमी दिई कत्रो गुन गर्यो मलाई
हर ऋतुमा जीवनसाथी सधैँ तिमी मेरो साथमा छौ
आँट आउँछ, साहस आउँछ
भविष्यको सामना गर्न
औँसी रातमा पनि ज्योति
छाउँछ जब तिमी मुस्कुराउँछौ
Outro
भन्छु केही सुझाव मेरा
संसार जित्न हिँडेकालाई
माया भन्दा अरू ठूलो
त्यहाँ छैन केही जित्नलाई

NepaliHymns