समुन्द्रको गहिराई
Samundrako Gahirai
Ron Music Ministries
Lyrics
Chorus
समुन्द्रको गहिराई भन्दा
आकाशको उचाई भन्दा
गहिरो छ यो प्रेम
उच्च छ यो प्रेम
Verse
जुन प्रेमले जीवन दिन्छ अनन्त सम्मलाई
अच्चमको यो प्रेम
जीवनको बोझ हटाई हरेक हृदयलाई
शान्ति दिने यो प्रेम
कस्तो यो प्रेम कस्तो यो प्रेम
कस्तो यो प्रेम कस्तो यो प्रेम
बगी रहने खोला झैँ
झरी रहने झरी झैँ यो प्रेम
Verse
टुटेका जीवनलाई हृदयका चोटहरुलाई निको पार्ने यो प्रेम
असंख्य पापहरुलाई सबै गल्तीहरुलाई ढाकि दिने यो प्रेम
कस्तो यो प्रेम कस्तो यो प्रेम
कस्तो यो प्रेम कस्तो यो प्रेम
बगी रहने खोला झैँ
झरी रहने झरी झैँ यो प्रेम
Outrw
प्रेम कहिले हटी हुँदैन न त कहिले ढिट नै हुन्छ
आफ्नो कुरामा जिद्दी गर्दैन, प्रेम कहिले झर्को मान्दैन
खराबीको इच्छा गर्दैन, सहिमा कुरामा सधै रमाउदछ
सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ
गहिरो सागर भन्दा गहिरो
उच्च आकाश भन्दा उच्च यो प्रेम

Ron Music Ministries