Skip to content

Song

नदिको किनारकोNadiko Kinarko

1 Views

Lyrics

Chorus
नदिको किनारको त्यो सुन्दर बिरुवा झैँ
कुटिएको पिटिएको त्यस चिल्लो ढुंगा झैँ
तपाईले सृजेको यस सुन्दर सृष्टि झैँ
आकाशमा चम्कने त्यस सुन्दर तारा झैँ बनाउनुहोस
Verse
अपनाउनुहोस प्रभु अब मलाई
चाहन्छु हिड्न तपाईको बाटोमा
मार्ग मलाई देखाउनुहोस
तपाईको छोरो तुल्याउनुहोस
Bridge
मेरो अन्तरात्मा देखिनै जलाउनुहोस मलाई
मेरो अन्तरात्मा देखिनै जलाउनुहोस मलाई
यसैले अपनाउनुहोस प्रभु मलाई
यसैले अपनाउनुहोस मलाई
Chorus
नदिको किनारको त्यो सुन्दर बिरुवा झैँ
कुटिएको पिटिएको त्यस चिल्लो ढुंगा झैँ
तपाईले सृजेको यस सुन्दर सृष्टि झैँ
आकाशमा चम्कने त्यस सुन्दर तारा झैँ बनाउनुहोस
Verse
मरुभुमि झैँ सुक्खा थियो मेरो जीवन
पहाडी पर्वतझैँ काँडा थियो मेरो हृदय
तब घच घचाउनुभो हृदयमा मेरो
प्रेमिलो पुकार तपाईको सुने
Bridge
निश्चय अब यस सुक्खा जीवनमा
बगी निस्कन्छ आशिसको झरी
निश्चय अब यस सुक्खा जीवनमा
बगी निस्कन्छ आशिसको झरी
यसैले सुम्पन्छु प्रभु मलाई
यसैले सुम्पन्छु मलाई
Chorus
नदिको किनारको त्यो सुन्दर बिरुवा झैँ
कुटिएको पिटिएको त्यस चिल्लो ढुंगा झैँ
तपाईले सृजेको यस सुन्दर सृष्टि झैँ
आकाशमा चम्कने त्यस सुन्दर तारा झैँ बनाउनुहोस