साथि मेरो
Sathi Mero
Rohit Thapa
Lyrics
Chorus
साथी मेरो तपाईं,
(घाम जुनतारा बनाउने येशूको नजिक म आउँदै छु
असीमित छ तपाईंको अनुग्रहको गीत गाउँदै छु) -२
Verse 1
संसार सबै तोडेर, मृत्युलाई जितेर
गहिरो दलदलबाट टिप्नुभयो येशू मलाई
मेरो पाउ ठेस नलागोस् भनी
बसाल्नुभो अग्लो चट्टानमा अनि
स्वर्गसम्म फैलिएको यो महान
सनातनको चट्टान हौ येशू तपाईं
मृत्युले नछ्यूने चट्टान
Chorus
साथी मेरो तपाईं,
(घाम जुनतारा बनाउने येशूको नजिक म आउँदै छु
असीमित छ तपाईंको अनुग्रहको गीत गाउँदै छु) -२
Verse 2
उद्धारको यो कचौरा, लिएर आउँदै छु म
अनुग्रहको नदीबाट, पिउन पाउँदै छु म
मूल ढोकाहरू यहाँ खोलिदैछ
प्रकाश अनन्तको फैलिदैछ
जीवनको देशमा हिड्दै छु म
सुवासना जीवनको फैलिदैछ
हर्षले भरिदैछ मन
Chorus
साथी मेरो तपाईं,
(घाम जुनतारा बनाउने येशूको नजिक म आउँदै छु
असीमित छ तपाईंको अनुग्रहको गीत गाउँदै छु) -२