चिन्नुहुन्छ मलाइ
Chinnuhunchha Malaai
Rohit Thapa
Lyrics
Verse 1
मैले आफैलाई चिनेको भन्दा धेरै
तपाईं चिन्नुहुन्छ मलाई
मैले आफैलाई चिनेको भन्दा धेरै
तपाईं चिन्नुहुन्छ मलाई
Pre-Chorus
(हाड अनि मासी जोड्ने बीच पनि) -२
देख्नुहुन्छ मलाई
Chorus
येशू येशू संसार भरी
कोही छैन तपाईं झैँ
देख्नुहुने मलाई
बुझ्नुहुने मलाई
Verse 2
भेडा जस्तै एक्लै हराउँदा
अध्यारो बाटोमा म डराउँदा
काँधमा बोकी ल्याउनुहुन्छ
घाउमा मलम लाउनुहुन्छ
Verse 3
खाँचो मेरो सबै टुङ्गिएर
प्रसंसाले हृदय भरिँदै छ
अनि फेरि हरियो खर्कमा
येशू डोर्याइ ल्याउनुहुन्छ मलाई
Bridge
जीवन बग्ने त्यो शान्त नदी छेउ
बसाई राख्नुहुन्छ मलाई
Outro
बुझ्नै नसकिने आनन्दले
जीवन मेरो आज भरिँदै छ
निगाहा तपाईंको भेटाउने
ढोकाहरू अब खोलिँदै छ
कचौरा मेरो भरिएर
तपाईंको अघि पोखिँदै छ
Verse 4
कसले तपाईंको मायाबाट येशू
अलग गर्न सक्छ मलाई?
मलाई आफ्नो बनाउन आउनुभयो
सारा स्वर्ग नै रित्तो बनाई