येशू नाउँ अपार
१. येशू नाउँ अपार, प्रेमको सबैभन्दा श्रेष्ठ यो हो
जसमा सबका घुँड़ाले टेक्नुपर्छ अवश्य ।
२. येशू नाउँ अमोल, प्रेमको पापी जनको लागि हो
यसमा दिएछन् करार उनले गर्दछन् उद्धार ।
३. येशू नाउँ जो दया हो, जो बालकलाई दिइयो
जसले भोग्यो महादुःख, हामी सबलाई दिन सुख
४. येशू नाउँ जो दिइयो मुनि सारा स्वर्गको
पापी यसमा पत्याउँदा छोड़ाइन्छ नै सदा ।
५. येशू नाउँ अपार, प्रेमको ईश्वर, मान्छे नाउँको भो’
यसमा आश्रय गर्ने हीन, आउँदैछौँ तपाईं अधीन ।