याह्वेको लागि जय जय गरौँ
१. याह्वेको लागि जय जय गरौँ, आनन्दसाथ उनको सेवा गरौँ
गाउँदै-गाउँदै उनको सामु आऔँ, याह्वे ईश्वर भनी जानौँ
को. उनी हाम्रो सृजनहार, उनी हाम्रो तारणहार
उनी हाम्रो पालनहार, सुन्छन उनले हाम्रो पुकार
२. उनको खर्कका हामी भेड़ा हौँ, धन्यवाद गर्दै ढोकाभित्र पसौँ,
स्तुति गर्दै आँगनमा पसौँ, धन्य भनौँ, उनको नामलाई ।
३. याह्वे महान् प्रभु भलो छन्, उनको करुणा सदा रहन्छ,
उनको सच्चाइ पुस्ता-पुस्तामा अमर रहनेछ ।