Skip to content

Song

यरूशलेम शहरको बेथलेहेम गावैँमाYarushalem Shaharko Bethlehem Gawaima

1 Views

Lyrics

१. यरूशलेम शहरको बेथलेहेम गावैँमा, हाम्रो प्रभु येशू जन्मे गोठैमा
थियो ओछ्यान परालको, कोक्रो उनको डुँड़ै भो’, आनन्दित भई, हर्ष गरौँ सबैले
२. त्यै रात गोठालाहरू भेड़ा कुर्दै थिए, एउटा दूत अचानक आई समाचार दिए
संसारैको लागि मुक्तिदाता जन्मे, येशूलाई हेर्न जाऊ बेथलेहेममा ।
३. गोठालाहरू गर, देखे डुँड़ैमा येशू, दूतले भनेझैँ पाए मुक्तिदातालाई
हर्षित र आनन्दित भई गरे दण्डवत्‌ सबैले, खुशी भई रमाउँदै घर फर्के ।
४. ज्योतिषीहरू पनि पूर्वदेखि आए तारा हेर्दै-हेर्दै येशूलाई भेट्नु
देखि दण्डवत्‌ गरे सबले, भेटी चढ़ाए खुशी भई रमाउँदै घर फर्के ।
५. हामी सबै मिली दण्डवत्‌ गरौँ ईश्वरलाई, उनले आफ्ना पुत्र दिए मुक्तिदान
उनमा विश्वास गर्नेले पाउने छन्‌ त्राण, मुक्ति, आनन्दित भई हर्ष गरौँ सबैले ।