यहाँ हे प्रभु भेटूँ तपाईंलाई
Yahan He Prabhu Bhentu Tapailai

Song
यहाँ हे प्रभु भेटूँ तपाईंलाईYahan He Prabhu Bhentu Tapailai
Lyrics
Verse
यहाँ हे प्रभु भेटूँ तपाईंलाई,
यहाँ रहस्य क्रूसको बुझ्न पाऊँ
यहाँ सनातन अनुग्रह समाई,
थकित जीवनमा आड़ तपाईंमा लाऊँ ।
Verse
यहाँ परमेश्वरको म रोटी खाऊँ,
यहाँ म पिऊँ कचौरा स्वर्गको
यहाँ सांसारिक भारी म बिसाऊँ,
यहाँ म शान्ति पाऊँ पाप-क्षमाको ।
Verse
भोज अब सिद्धियो उठ्दछौँ हामी,
तर प्रेम तपाईंको सदा छ येशू
रोटी कचौरा सिद्धिए पनि झन्,
नजीक रहनुहुन्छ, हे प्रभु ।
Verse
विनातपाईं गुहार मलाई छैन,
पाए तपाईंलाई चाहिँदैन अरू
यसो भए पुग्छ, अँ प्रशस्त छ,
शक्ति छ मेरो तपाईंमा प्रभु ।
Verse
मेरो हो पाप, धार्मिकता तपाईंको,
मेरो हो दोष, रक्त शुद्ध तपाईंको
यो मेरो वस्त्र, आश्रय र शान्ति,
प्रभु तपाईंको रगत र सुधी ।