KB · Hymns · #542
उठिहेर आकाशैमा नयाँ तारा उदाएको
C4/4
Lyrics
Chorus
उठिहेर आकाशैमा नयाँ तारा उदाएको
सुनिहेर बतासैमा नयाँ सन्देश ल्याएको
आनन्दले पूर्ण यो, शान्तिले पूर्ण यो
येशू राजा जन्मेको सुसन्देश (तिमी मेरै लागि हो हो हो) (२)
Verse
(अन्धकारपूर्ण जगत्मा ज्योति ल्याउनुभयो उहाँले
निराशालाई जीवन दिन आशा ल्याउनुभयो उहाँले) (२)
परमेश्वर अवतार लिई मानव बनी आउनुभो’
हाम्रो मुक्तिदाता प्रभु जगत्मा आउनुभो’ ।
Verse
(लक्ष्यहीन जीवनको लक्ष्य बनी, ख्रीष्ट जगत्मा आउनुभो’
प्राणहीन जीवन दिन डुँड़मा प्रभु पस्रनुभो’) (२)
बाटो, सत्य र जीवन उहाँ, मानव बनी आउनुभो’
तिमी-मलाई बचाउनलाई जगत्मा आउनुभो’ ।