Skip to content

Song

सुनन साथी यो मीठो वचन मनैमा गुननSunana Sathi Yo Mitho Wachan Manaima Gunana

2 Views

Lyrics

Chorus
सुनन साथी यो मीठो वचन मनैमा गुनन
प्रेमैले ल्याएका मुक्तिको माला (विश्वासमा उनन) (२)
Verse
यो भवसागर आँधीले पूर्ण, पापैले अँध्यारो (२)
अँध्यारो जगको ख्रीष्ट मात्र हाम्रो मुक्तिको उज्यालो (२)
Verse
संसारको ज्योति तारणहार ईशपुत्र पियारा (२)
प्यारा येशू शुद्धको निम्ति, मुक्तिको सहारा (२)
Verse
सित्तैमा ल्याएको, सित्तैमा लैजाऊ भनेर यो प्रचार (२)
प्रचार भयो यो मानव-धर्म बचाउन संसार (२)
Verse
शुद्धिको उपाय मुक्तिको हाम्रो ख्रीष्ट मात्र प्यारो (२)
प्यारो जगको ख्रीष्टमाथि हाम्रो मुक्तिको उज्यालो (२)
Verse
विश्वास गर पापैलाई त्याग सुनेर संगाल (२)
भजन सुनी येशूलाई पछ्याई सत्यलाई अँगाल (२)