Skip to content

Song

सर्वोत्तम देऊ मालिकलाईSarwottam Deu Maliklaai

3 Views

Lyrics

Verse
सर्वोत्तम देऊ मालिकलाई, जवानको सामर्थ्य देऊ
प्राणको ताजा बल्दो जोश लिई, सत्यको युद्धमा आऊ
येशूले छोडे नमूना - निडर जवान साहसी
देऊ उनलाई तिम्रो अटुट भक्ति, आफ्नो सर्वोत्तम चढाऊ ।
Chorus
सर्वोत्तम देऊ मालिकलाई, जवानको सामर्थ्य देऊ
मुक्तिको पूरा कवच लगाई, सत्यको यद्धमा आऊ ।
Verse
सर्वोत्तम देऊ मालिकलाई, हृदयमा पहिलो स्थान देऊ
पहिलो स्थान तिम्रो सेवामा, हरेक काम पवित्र होस्‌
देऊ अनि तिमीलाई दिइनेछ, पिताले पुत्र दिए
आभारी बन्दै सेवा गर, आफ्नो सर्वोत्तम चढाऊ ।
Verse
सर्वोत्तम देऊ मालिकलाई, अरू त योग्य छैन
तिमीलाई बचाउन प्राण दिए, स्वर्गको महिमा त्यागे
गनगन नगरी भए बलि, विनाशबाट बचाउन
देऊ उनलाई तिम्रो हृदयको भक्ति, आफ्नो सर्वोत्तम चढाऊ ।