Skip to content

Song

सर्वशक्तिमान्‌ प्रभु आउनुहोस्‌Sarwashaktimaan Prabhu Aaunuhos

4 Views

Lyrics

Chorus
सर्वशक्तिमान्‌ प्रभु आउनुहोस्‌,
हाम्रो पापलाई धोइदिनुहोस्‌,
यो हाम्रो भूमिमा शान्ति दिनुहोस्‌,
यो हाम्रो देशलाई टिठाउँनुहोस्‌ ।
मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म
एउटै देशका सन्तहरु आउँछौं, तपाईंकै चरणमा,
पूर्खाको पापले अन्धकार भएको
यो देशको पापलाई मेटाइदिनुहोस्‌ ।
Verse
ढुङ्गाको मनलाई पगालीदिनुहोस्‌,
कठोर आत्मा नरम बनाउनुहोस्‌,
तपाईंको वचनले जड़ता हटाऔं,
नेपाली सारा येशूमै अटाओस्‌,
सुख चैनको पानी पिलाइ दिनुहोस्‌,
एकताको आत्मा खनाइ दिनुहोस्‌ ।
Verse
पूर्व र पश्चिम, उत्तर र दक्षिण
यो देशको कुना कन्दराहरुमा,
हिमाल पहाड तराईहरुमा तपाईंकै महिमा गुञ्जिरहोस्‌,
तपाईंको वचनको अर्थ बुझेर,
सारा देशले सत्यलाई चिन्न्सकोस्‌ ।