संसरमा मैले धेरै मित्र पाएँ
Sansarma Maile Dherai Mitra Paaye
Song
संसरमा मैले धेरै मित्र पाएँSansarma Maile Dherai Mitra Paaye
Lyrics
Verse 1
संसरमा मैले धेरै मित्र पाएँ, “सहायक हन्” सम्झी सदा रमाएँ (२)
दुर्दिन आयो चेतावनी बिना (२) मित्रगण मैले हराएँ क्षणमा (२)
बेसहारा धर्मरिँदा ख्रीष्ट साथमा पाएँ (२)
Chorus
तारणहार प्रभु मेरा, आँसुसहित स्तुति गर्छु, कृतज्ञता प्रदान गर्छु ।
Verse 2
प्रेमी म बनें धूर्त जगत्को टुझाई “प्रेमी हृदय” ख्रीष्टको (२)
मोहित भई पछि लाग्दा जगत्को (२) लुपिएँ इज्जत, सर्वस्व आफ्नो (२)
हृदय टुटी धर्मरिँदा ख्रीष्ट साथमा पाएँ । (२)
Verse 3
काँडाको तिक्त चोट पाउँदा मैले ख्रीष्टलाई झन् जोडले तब अँगालेँ (२)
ख्रीष्टको स्पर्शले पीडा हरायो (२) अपूर्ण चेहरामा आनन्द उदायो (२)
हाजिरीमा ख्रीष्टको मैले अकथ आनन्द पाएँ । (२)
Verse 4
पक्री म हिँड्दा हात प्रभुको गराउनुभो सैर मनमोहक देशको (२)
बाटा थे सुन्दर सजिएका फूलले (२) उकुस्-मुकुस् हुन्छ हृदय आनन्दले (२)
अँगालिँदा ख्रीष्टद्वारा आनन्द विभोर हुन्छु । (२)