संसारबाट फर्केर, येशूलाई खोज्छौं
१. संसारबाट फर्केर, येशूलाई खोज्छौं यहाँ उनको प्रेमको स्वर, नम्र भई सुन्छौं
प्रिय मित्र येशू, पाउमा हामी झुक्दछौं प्रभु प्रसन्न हुनोस् यही बिन्ती गर्छौं ।
२. हे महिमित प्रभु ख्रीष्ट, हामीलाई भर्नुस् तृषित मनहरूमा अनुग्रहले बल्नुस्
तपाईं सामर्थी बल, प्रभु आशिषको झरी स्वर्गीय आनन्दले भर्नोस् जीवनभरि ।
३. ब्यूँझाउनुस् ती आत्मालाई जो छन् पापमा मृत काम तपाईंको जागृत होऊन् पर्खन्छौंयहाँ
हृदयमा आउनुहोस् बोझलाई हल्का पार्नुहोस् धन्य आशाका प्रभु हामीलाई खार्नुस् ।