Skip to content

Song

संसार पापको सागरमा डुबेको थियोSansar Paapko Sagarma Dubeko Thiyo

Lyrics

Verse 1
संसार पापको सागरमा डुबेको थियो, हुन्‌ जगत्‌को ज्योति येशू
प्रचण्ड घामझैँ उनको महिमा चम्क्यो, हुन्‌ जगत्‌को ज्योति येशू
Chorus
ज्योतिमा आऊ, हो तिम्रैलागि, ज्योति त पर्यो मलाई पनि
अन्धो थिएँ तर पाएँ दृष्टि हो जगत्‌को ज्योति येशू
Verse 2
अँध्यारोमा बस्नुपर्दैन हामी, हुन्‌ जगत्‌को ज्योति येशू
हिँड़्छौँ ज्योतिमा अगुवापछि लागि, हुन्‌ जगत्‌को ज्योति येशू
Verse 3
आऊ सब जसका मनमा छ पाप-अन्धकार, हुन्‌ जगत्‌को ज्योति येशू
आऊ दृष्टि पाउनु उनको वचनअनुसार, हुन्‌ जगत्‌को ज्योति येशू ।
Verse 4
घाम लाग्नुपर्दैन अरे स्वर्गमा, हुन्‌ जगत्‌को ज्योति येशू
स्वर्गपूरीका ज्योति हुन्‌, प्रभु हाम्रा, हुन्‌ जगत्‌को ज्योति येशू