सल्लाघारीको सुसेली हावा कति मीठो
Sallaghari Susheli Hawa Kati Mitho

Song
सल्लाघारीको सुसेली हावा कति मीठोSallaghari Susheli Hawa Kati Mitho
Lyrics
Chorus
सल्लाघारीको सुसेली हावा कति मीठो गीत गाउँछ सृष्टिकर्ताको
(गरौँन स्तुति तिमी र हामी मिलेर उनैको) (२)
Verse
जल-थल-नभ सारा उनैले बनाका
घाम-जुन-ताराहरू उनैले टाँगेका
खोला-नाला डाँड़ा-काँड़ा उनैले बसाका
पशु-प्राणी-प्रकृति पनि उनैले रचेका ।
गरौँन स्तुति तिमी र हामी मिलेर उनैको
लौ, गरौँन स्तुति तिमी र हामी उनै ईश्वरको ।
Verse
हिउँ-असिना-वर्षा पनि उनैले पठाका
फूल फुलाका, फल पनि उनैले फलाका
रंगिबिरङ्गी रङ्गहरू उनैले पोतेका
सुगन्ध-बतास-जीवन पनि वरदान उनैका ।
गरौँन स्तुति तिमी र हामी मिलेर उनैको
लौ, गरौँन स्तुति तिमी र हामी जीवनदाताको ।
सल्लाघारीको... मिलेर उनैको ।
लौ गरौँन... उनै ईश्वरको, लौ गरौन... जीवनदाताको ।