प्रभु साना नानी भई स्तुति गर्न आएका छौँ
Prabhu Sana Nani Bhai Stuti Garna Aayeko Chhau
Song
प्रभु साना नानी भई स्तुति गर्न आएका छौँPrabhu Sana Nani Bhai Stuti Garna Aayeko Chhau
15 Views
Lyrics
Verse 1
प्रभु, साना नानी भई स्तुति गर्न आएका छौँ
तपाईं धर्मी हुनुहुन्छ मान र आदर दिँदछौँ,
ख्रीष्टको प्रेम र स्वर्गको कुरो हाम्रो मनमा भर्नुहोस्
ख्रीष्टलाई खुश नपार्ने कार्य गर्नदेखि थाम्नुहोस्
Verse 2
किनभने प्रभु ख्रीष्टले हामीलाई नित्य हेर्छन्
जति गर्छौं काम र विचार उनले स्वर्गमा लेख्दैछन्,
हाम्रा पाप माफ दिनुहवस्, हामीलाई बचाउनुहोस्
स्वर्गैमा राम्रो गीत गाउन हामीलाई पुर्याउनुहोस्