नयाँ नाम
Verse
आज देखि उता तिमी एक्लै हिँड्ने छैनौ
तिम्रा हरेक पाइला पाइलामा मलाई पाउनेछौ
सँगै हिँड्ने गोरेटाहरू फूलहरूले सजाउँछौ
हामी दुवै मिलेर अब जीवन जिउनेछौँ
Chorus
नयाँ नाम नयाँ घर नयाँ सम्बन्ध भयो
नयाँ सपना नयाँ दर्शन नयाँ परिचय भयो
Verse
सधैँ खुसीयाली सुम्पिदिने बाचा
सधैँ हरियाली एकैनासको जीवन यात्रा
प्रतिज्ञा गर्दिन म तर सधैँ नै साँचो प्रेम
अनि मधुर स्पर्श हृदयको समर्पण तिमीलाई हाँसो दिनेछु
Chorus
नयाँ नाम नयाँ घर नयाँ परिचय भयो
नयाँ सपना नयाँ दर्शन नयाँ सम्बन्ध भयो