Skip to content
Mero Masihi Mero Nimti

Song

मेरो मसीह मेरो निम्ति क्रूर क्रूसमा बलि भएMero Masihi Mero Nimti

Lyrics

Chorus
मेरो मसीह मेरो निम्ति क्रूर क्रूसमा बलि भए (२)
Verse
गरेथें मैले पाप दुष्ट जगतमा, क्षमाको योग्य म थिइनँ (२)
धार्मिकता मेरा थाङ्ना सरह थिए, पाप त पाप नै भए (२)
Verse
प्रतिपल जीवनका रक्षक तिमी (२)
हात दिई सदैव सम्हाल्दछौ (२)
Verse
किन चुन्यौ प्रभु, म तुच्छलाई (२)
प्रेम प्रकट गरी त्यस क्रूर क्रूसमा ? (२)
Verse
अविश्वासी बनी टाढा म गएँ, प्रेमले अँगाली रह्यो (२)
कति महान्‌ प्रेम प्रभु तिम्रो, सम्झी सम्झी प्रशंसा गर्छु (२)