मेरो जीवन यो प्रभु तिम्रै हो
Mero Jiwan Yo Prabhu Timrai Ho
Song
मेरो जीवन यो प्रभु तिम्रै होMero Jiwan Yo Prabhu Timrai Ho
8 Views
Lyrics
Chorus
मेरो जीवन यो प्रभु तिम्रै हो
मेरो आशा-उमङ्ग, प्रभु, तिमी नै
तिम्रै बनी रहीरहूँ
अब बिन्ती यही छ सदालाई
Verse
मेरो जीवन यस्तो थियो कि झरेको फूल
अन्योलमा बाँचेको भुलै-भुल
रित्तिएको जिन्दगीमा कोही थिएन सार
मेरो निम्ति आशा केवल हारै-हार
(मैले जोश पाएँ, मैले होश पाएँ,
सब दोषको माफ प्रभुमा पाएँ) २
Verse
दमी-दमी सम्झेका ती जे-जति थिए
मेरो निम्ति ती सबै नै भार भए
जहाँ-जहाँ खोजिहिँड़े चाहिएका बात
मेरो निम्ति केही रहेन, सधैँ रित्तो हात
(मैले सत्य-जीवन र शान्ति खोजेँ
येशूमा बाहेक कहीँ पाइनँ) २