Skip to content

Song

मनाऔँ आनन्द प्रभुमा र आत्मिक धन गनौँManau Aananda Prabhuma

9 Views

Lyrics

Verse 1
मनाऔँ आनन्द प्रभुमा र आत्मिक धन गनौँ
वचनमा जाहेर गरेका अपार भण्डार हेरौँ
Chorus
क्षमा र शक्ति, पवित्रता र स्वर्ग-निवास
मेरोलागि मसीहमा छन्‌, आनन्दको स्तुति प्रभुलाई हवस्‌
Verse 2
ईश्वरले पाप मेटाउनलाई सित्तै दिन्छन्‌ क्षमा
क्षमाको साथमा मेल पनि येशूको रगतमा
Verse 3
पापको शक्ति नाश गर्नलाई प्रभुले बल दिन्छन्‌
पवित्र आत्माले मनलाई पापदेखि चोख्याउँछन्‌
Verse 4
भरोसा गरी बालकझैँ यो आशिष्‌ पाउनेछौँ
ईश्वरले ख्रीष्टमा दिएका दानले भरिनेछौँ