मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के
Man Suddh Parnalai Yeshu Kaha Gayou K
Song
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ केMan Suddh Parnalai Yeshu Kaha Gayou K
10 Views
Lyrics
Verse 1
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
पूरा भयोसा येशूमा राख्छौ के
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
Chorus
तिमी शुद्ध भयौ के
त्राणकर्ता येशूको रगतले ?
तिम्रो मन साँच्चै निष्कलंक भयो के
येशूको त्यो अमोल रगतले ?
Verse 2
दिनहुँ तिमी येशूसाथ-साथ हिँड़्छौ के
उनको रगतले शुद्ध भयौ के ?
येशूको आनन्द तिमीले पायौ के
ख्रीष्टको रगतले शुद्ध भएर ?
Verse 3
ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के
ख्रीष्टको रगतले साफ र उज्ज्वल ?
तिमी स्वर्ग जानलाई तयार छौ के
ख्रीष्टको रगतले शुद्ध भएर ?
Verse 4
पापको दाग लागेको वस्त्र फुकाइदेऊ
ख्रीष्टको रगतले शुद्ध हुन आऊ
पापी मन चोख्याउने धारा बग्दैछ
ख्रीष्टको रगतले शुद्ध होइजाऊ