महान् विश्वस्तता पिता तपाईंको
१. महान् विश्वस्तता पिता तपाईंको, तपाईंमा फेरिने छायाँ छैन ।
जस्ताको त्यस्तै नै रहनुहुन्छ, कृपाको अन्त कहिल्यै हुँदैन ।
को. महान् विश्वस्तता महान् विश्वस्तता
हरेक विहान नयाँ दया देखाई
पुर्याउनुभो अभाव मेरो तपाईंले,
महान् विश्वस्तता हुन्छ मलाई ।
२. रहुन्जेल पृथ्वी बीउ छर्ने र कटनी, ग्रीष्म र शिशिर जून तारा र घाम
सारा प्रकृति साथ दिन्छन् गवाही तपाईंको कृपा विश्वस्तता प्रेम ।
३. पापको क्षमा अनि खपुवा शान्ति साहस र अगुवाई दिने तपाईं
आजको शक्तो र भोलीलाई आशा आशिष् प्रशस्त रहन्छन् मलाई ।