Skip to content

Song

महापवित्र प्रभुलाई, पवित्रतामा सुशोभित भईMaha Pawitra Prabhulai

1 Views

Lyrics

Verse
महापवित्र प्रभुलाई, पवित्रतामा सुशोभित भई
आऔं दण्डवत्‌ गरौं निहुरौं, आत्मा-सत्यतामा भजौं ।
Chorus
“मारिएका थुमा येशू, शक्ति धन ज्ञान बल आदर
स्तुति, महिमा, धन्यवाद ग्रहण गर्ने योग्यका छन्‌ ।”
भन्दै सिंहासनको वरिपरि चौबीस प्राचीनहरू,
जीवित-जिवातहरू स्वर्गदूतहरूका आवाज सधैं – गुन्जन्छन्‌ ।
Verse
चौबीस प्राचीनहरू पनि, मुकुट खोली दण्डवत्‌ गरी
सर्वदा जीवित रहनेलाई, महिमा, आदर, भक्ति दिन्छन्‌ ।
Verse
जीवित-जीवातहरू पनि, पखेटाले, मुहार ढाकी
पवित्र-पवित्र भन्दै, नबिसाई महिमा गाउँछन्‌ ।
Verse
अनगिन्ती भीड पनि, सेता वस्त्र पहिरेर
हातमा खजुरको डालो लिई, प्रशंसा, बढाइ गर्दछन्‌ ।
Verse
स्वर्गमा र पृथ्वीमा, पृथ्वीमुनि समुन्द्रमा
सृजेका जुनसुकै थोकले, युग-युग स्तुति तिम्रै गर्छन्‌ ।
Verse
आऔं हामी सबै मिली, उद्धारको चट्टानका निम्ति
हाम्रा महान्‌ परमेश्वरको, भजन गर्दै स्तुति गरौं ।