Skip to content

Song

म येशूको सेवक हुन्छुMa Yeshuko Sewak Hunchu

11 Views

Lyrics

Verse 1
म येशूको सेवक हुन्छु
आफैलाई म उनलाई दिन्छु
उनको हुकूम सबै मान्छु म येशूको हुँ
Chorus
मेरोलागि आए, मेरो लागि जिए
मेरोलागि दुःख उठाए, मेरोलागि मरे
मेरोलागि गाड़िएथे, मेरोलागि बौरी उठे
मेरोलागि स्वर्गमा गए, येशू मेरा हुन्‌
Verse 2
पाप मबाट भयो धेरै
यसको लागि येशू मरे
उनको जुवा मैले लिएँ म येशूको हुँ ।
Verse 3
मैले अपराध बारम्बार गरेँ
येशूलाई दुःखित धेर पारेँ
मेरो बोझ उनैले लिए म येशूको हुँ ।
Verse 4
मैले विश्वास उनमा राखेँ
अनि उद्धार मैले पाएँ
उनको झण्डीमुनि आएँ, म येशूको हुँ ।