ख्रीष्टले तिमीलाई स्वतन्त्र गराए
Khristle Timiharulai Swatantra Garaye
Song
ख्रीष्टले तिमीलाई स्वतन्त्र गराएKhristle Timiharulai Swatantra Garaye
2 Views
Lyrics
Chorus
ख्रीष्टले तिमीलाई स्वतन्त्र गराए,
फेरि बन्धनको जुवामा नपर (२)
Verse
तिमी आज यस संसारमा छौ तर यस संसारका होइनौ (२)
संसारसित एकै चालको नहोऊ संसारको जुवामा नजोतिऔ ।
Verse
शरीरको माया लालसाहरूसँगै क्रूसमा टाँगिदिइहाल (२)
पवित्र आत्माको अगुवाइमा हिँड शरीरको लालसा पूरा नगर ।
Verse
यथोचित सेवाको रूपमा आफ्ना-आफ्ना शरीरलाई (२)
पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदान गरी दिइहाल ।