ख्रीष्ट हुन् जीवनका एक मात्र असल गोठाला
Khrisht Hun Jiwanka Ek Matra Ashal Gothala

Song
ख्रीष्ट हुन् जीवनका एक मात्र असल गोठालाKhrisht Hun Jiwanka Ek Matra Ashal Gothala
Lyrics
Chorus
ख्रीष्ट हुन् जीवनका एक मात्र असल गोठाला
सहायक बन्छन् उनी सदा दुःख-सुखको बेला
Verse
क्लेश, संकटले घेर्छ तिमीलाई तर ख्रीष्ट तिम्रैनजीक हुन्छन्
आँधी-तूफान हटाउने प्रभु तिमीयाथ यात्रा गर्दैछन् ।
Verse
तर्दैगर्दा भवसागरलाई आँधी आउँछ, विश्वास हल्लाउँछ
डुब्नलाग्दा पुकार ख्रीष्टलाई, निश्चय तिमीलाई बचाउँछन् ।
Verse
सतावट बाधा ल्याई शैतानले हल्लाउँछ खूब जीवन जहाजलाई
साथमा ख्रीष्ट छन्, नडराऊ तिमी, सम्हाल्छन् उनले तिमीलाई ।
Verse
निराशा आउँछन् अनेक जीवनमा तर हरेस नखाऊ प्रभु भन्छन्
विजयको इनाम जीवनको मुकुट प्रभुले निश्चय दिनेछन् ।
Verse
येशू हाम्रा शक्तिशाली गढ़ सुरक्षित उनमा हामी हुन्छौँ,
शैतानका हमला विफल हुनेछन्, जयवन्त हामी बन्नेछौँ ।