कति रमाहटको दिन आयो यो जगतमा
Kati Ramahatko Din Aayo

Song
कति रमाहटको दिन आयो यो जगतमाKati Ramahatko Din Aayo
Lyrics
Chorus
कति रमाहटको दिन आयो यो जगतमा
हाँस्दै-खेल्दै गाना गाउँदै प्रभु येशूमा
Verse
आऊ वृद्ध जन, आऊ सब जवान
स्वरमा स्वर मिलाई गाऊ प्रभुको जय गान (२)
Verse
हामी सब थियौँ घोर अन्धकारमा
आए प्रभु अवतार लिई उही बेथलेहेममा (२)
Verse
छोड़ अब भाइ दुष्ट शैतानलाई
उठ, जाग, स्वागत गर नवजात प्रभुलाई (२)