जीवनको केही भर छैन पलभरमा बितिजान्छ
Jiwanko Kehi Bhar Chaina Palbharma Biti Jancha

Song
जीवनको केही भर छैन पलभरमा बितिजान्छJiwanko Kehi Bhar Chaina Palbharma Biti Jancha
Lyrics
Chorus
जीवनको केही भर छैन पलभरमा बितिजान्छ
अनिश्चित यात्रा के हुने कसो हुने थाहा छैन (२)
Verse
हरेकको भरोसा केही छैन भोलिको सपना देख्नु के ? (२)
आजलाई साथ पाउन नसके भोलिलाई आशा गर्नु के ? (२)
मानिसको केही भर छैन क्षण भरमा पग्लिदिन्छ
भएमा आफ्नो नभए बिरानो मीठो बोल्दै धोका दिन्छ ।
Verse
देखाउँछन् आशा मान्छे यहाँ अनि मूर्तिझैँ बनेर बाँचिदिन्छन् (२)
सिसाझैँ हृदयलाई तोडिदिएर जिउँदो लासझैँ बनाइदिन्छन्
खोलाझैँ जीवन बगिरहेछ महासागरमा पुग्नलाई
धुँवाझैँ जीवन उड़िरहेछ नील गगनमा हराउनलाई ।