Skip to content
Jandaichu Yeshu Kaha Hallelujah Bhandai

Song

जाँदैछु येशूकहाँ हल्लेलूयाह भन्दैJandaichu Yeshu Kaha Hallelujah Bhandai

Lyrics

Chorus
जाँदैछु येशूकहाँ, हल्लेलूयाह भन्दै
(बोलाउँदैछ हामीलाई पवित्र वचनले) (२)
Verse
हे दाज्यू-भाइ, हे दिदी-बहिनी नभूल त्यो घरलाई (२)
जाऔँ हामी सबै जय जय गाउँदै, पापलाई त्यागेर (२)
Verse
रमाहट गर्दै, स्तुति गाउँदै अनन्त घरैमा (२)
जहाँ स्वर्गदूतगण जय जय गाउँछन्‌ येशूको छेवैमा ।
Verse
जहाँ न तिर्खा-भोक आदि, जहाँ न दिन न रात (२)
बसौँला माथि स्तुति गर्दै येशूको छेवैमा ।