हाँस खेल गर्दै भनिदेऊ
Hans Khela Gardai Bhanideu
Song
हाँस खेल गर्दै भनिदेऊHans Khela Gardai Bhanideu
5 Views
Lyrics
Chorus
हाँस-खेल गर्दै भनिदेऊ संसार सबैलाई
धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता
मानिसको चोला लिएर गरीब गोठैमा (२)
Verse
गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले (२)
दूतगण आई भन्न लागे साँझको बेलामा
तारणहार प्रभु जन्मिए दाऊदको शहरमा (२)
गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा (२)
Verse
पूर्वको ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे (२)
साँझको नौलो तारा देखी हर्षले रमाए
राजाहरूका राजा जन्मेको पत्तो लगाए (२)
परमपितालाई मन खोली धन्यवाद चढ़ाए (२)