Skip to content

Song

हल्लेलूयाह होसन्नाHallelujah Hosanna

62 Views

Lyrics

Chorus
हल्लेलूयाह होसन्ना हल्लेलूयाह (४)
Verse
परम पिताको स्तुति गाऔं, हामीलाई बचाउने उनै हुन्‌
सबै पापीलाई गर्छन्‌ क्षमा, सबै रोगीलाई गर्छन्‌ चङ्गा
Verse
धन्यवाद दिई उनको आसनमा, आनन्दित भई आऊ उनको चरणमा
सङ्गीत गाउँदै खुशीले मुक्तिको पहरामा जयजय गरौँ
Verse
उनै हुन्‌ हाम्रा परम पिता, हामीलाई टिठाउँछन्‌ सर्वसदा
कालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन्‌ सदा
Verse
आमाले झैँ उनले शान्ति दिए, दुनियाँको डरमा छोडेनन्‌ कैले
चोखो दूध वचनको पियाई, जीवन अमर दिए उनले
Verse
गोठालोले झैँ खोजी उनले निकाले पापको दलदलदेखि
प्राण त्यागी बचाए उनले, गराए सबलाई आफ्नै अनि
Verse
गुँड़लाई घरीघरी भत्काइदिए, सिकाए हामीलाई उड़्न आफै
पखेटामा उठाई उकाबले झैँ पारेनन्‌ हामीलाई चोट कतै