KB · Hymns · #807
फराकिलो छ बाटो विनाशमा पुग्नलाई
E4/4
Lyrics
Chorus
फराकिलो छ बाटो विनाशमा पुग्नलाई
साँगुरो छ बाटो मीरासमा पुग्नलाई ।
कुन बाटो जाने ? कुन बाटो लिने ?
बाटो र सत्य, ज्योति र जीवन प्रभु येशू ख्रीष्टनै हुन् । (२)
Verse
बाइबलले भन्छ “धर्मी कोही छैन, एउटै पनि छैन”
बुझ्ने कोही छैन, खोज्ने कोही छैन, सत्य ईश्वरलाई ।
सत्य प्रभु ख्रीष्ट येशू हुन्, सारा विश्वका उद्धारकर्ता
सोची हेर, निर्णय गर, इन्कार अब नगर ।
Verse
धर्मकर्मले धर्मी कोही बन्दैन, स्वर्ग कोही पुग्दैन,
आफ्नै कोसिसले, आफ्नै विवेकले केही हुने होइन ।
पापको ज्याला मृत्यु नै हो, तर ख्रीष्टमा अनन्त जीवन छ,
खोजी हेर जाँची हेर अविश्वासी नबन ।
Verse
रगत नबगाई पापको क्षमा छैन, मुक्ति पाउने छैन,
पापको क्षमा छ, फर्की हेर क्रूसलाई, मुक्तिदातालाई,
दुई हात फैलाई बोलाउँदै छन्, प्रभुले तिम्रा पाप धोइदिनलाई,
सोची हेर, निर्णय गर, अन्योलमा नपर ।