Skip to content
Ek Dinko Kura Galilma Jaba

Song

एक दिनको कुरा गालीलमा जब प्रभु येशू घुम्दथेEk Dinko Kura Galilma Jaba

Lyrics

Verse
एक दिनको कुरा गालीलमा जब प्रभु येशू घुम्दथे
सब आमाहरू नानीहरूलाई उनकहाँ ल्याएथे ।
Verse
उनले काखमा लिई हरेकलाई प्रेमले आशिष्‌को हात राखे
यी सानाहरू मकहाँ आउन देऊ, प्रभुले भनेथे ।
Verse
खुशी विचार र नम्र स्वभाव एक-एर्कालाई देखाई दया
हे प्रभु, मेरो हृदयमा तपाईंको स्वर्ग बनोस्‌ ।
Verse
यस रहरलाग्दो संसारमा ईश्वरको प्रेम र महिमा
जसले भेट्छ त्यो धन्य होस्‌ सब ठाउँमा ईश्वर छन्‌ ।