धेरै समय
- Writer
- Sunil Thomas Varghese
Verse 1
धेरै समय बोक्दै हिँड्यौ
अब बिसाऊ तिम्रो बोझलाई
सत्य बाटो खोज्दै हिँड्यौ
अब स्वीकार अनन्त जीवन
Bridge
जन्मिए येशू बेथलेहेममा
मुक्तिदाता बालकको रूपमा
दाऊदको वंशमा
मरियमको कोखमा
हामी सबैलाई छुटकारा दिन
Pre Chorus
त्यसैले आनन्द मनाऊ खुशी मनाऊ
प्यारो प्रभु येशू जन्मनुभयो
उफ्रँदै नाच्दै गाउँदै
उनलाई महिमा चढाऊ
Chorus
गाउँदै हालेलूयाह हा हा हालेलूयाह
हालेलूयाह आमेन...
गाउँदै हालेलूयाह हा हा हालेलूयाह
हालेलूयाह आमेन...
Verse 2
पापमा डुबी रहेका सबलाई
क्षमाको बाटो केवल येशू
टुहुरा विधवा एक्लोपनमा
जिउने आधार मात्र येशू
Bridge
अपार प्रेम गर्नुभो पिता परमेश्वरले
आफ्नो पुत्र नै उपहार दिनुभो
येशूको जन्म भो महान प्रेम प्रकट भो
दुष्ट फर्की भाग्न कर लाग्यो
Pre Chorus
त्यसैले आनन्द मनाऊ खुशी मनाऊ
प्यारो प्रभु येशू जन्मनुभयो
उफ्रँदै नाच्दै गाउँदै
उनलाई महिमा चढाऊ
Chorus
गाउँदै हालेलूयाह हा हा हालेलूयाह
हालेलूयाह आमेन...
गाउँदै हालेलूयाह हा हा हालेलूयाह
हालेलूयाह आमेन...

NepaliHymns