धन्यवाद होस् ईश्वरलाई बाली काट्ने भो समय
Dhanyawad Hos Ishworlaai Baali Katney Bho Samay

Song
धन्यवाद होस् ईश्वरलाई बाली काट्ने भो समयDhanyawad Hos Ishworlaai Baali Katney Bho Samay
Lyrics
Verse
धन्यवाद होस् ईश्वरलाई, बाली काट्ने भो’ समय
सब सुरक्षासाथ घरमा अन्न छ बटुलेका,
सृष्टिकर्ता ईश्वरले हामीलाई सब जुटाए
मण्डली आऊ परमेश्वरको बाली काट्ने समय भो’ ।
Verse
हामी ईश्वरको बारीमा फल्छौँ भने छ स्तुति
गहूँ र साथै झारपात छन्, दुःख वा सुखमा उम्रिन्छन्,
पहिले बीउ र बोट अनि देखा पर्दछ बाली
प्रभु हामी त्यस्तै होऔँ अन्न, चोखो शुद्ध बनौँ ।
Verse
हाम्रा प्रभु आउनेछन्, फसल घरमा लानेछन्
जे-जे उनलाई लाग्छ घिन, हटाइदेलान् त्यसै दिन,
झार-पात स्वर्गदूतगणलाई फाल्न देलान् आगोमै
तर अन्न धन्सारमा राखिदिनेछन् सदा ।
Verse
प्रभु चाँड़ै आउनुहोस्, फसल घरमा लानुहोस्
जम्मा गराई मण्डली शोक पापदेखि पखाली,
स्वर्गमा नित्य बस्नेछन्, शुद्ध पारिएका जन
फसल घरमा लैजान चाँड़ै आउनुहोस्, प्रभु ।