Skip to content
Dhanya Prabhu Yeshuko Shantidayak Jasko Nau

Song

धन्य प्रभु येशूको शान्तिदायक जसको नाउँDhanya Prabhu Yeshuko Shantidayak Jasko Nau

Lyrics

Chorus
धन्य प्रभु येशूको, शान्तिदायक जसको नाउँ
स्तुति गरौँ बारम्बार हाम्रो प्रभुको
Verse
अपार छ प्रभुको प्यार अधर्मी जातिप्रति (२)
क्षणभरको जीवन हाम्रो (२) गर्नुभो’ फेरि तारण हाम्रो ।
Verse
जगत्‌ सारा संसार अन्धकार पापैमा छ (२)
ज्योति बनि आउनुभो’ प्रभु (२) स्वर्गीय राज्यको मार्ग बनाई ।
Verse
उदेक छ प्रभुको कार्य, कसरी भूलौँ, हे भाइ (२)
आनन्दित मनले उनलाई भजौँ (२) सुनाइरहौँ उनको जयजय गान ।