ख्रीष्टमस बडा दिन
Verse 1
हिउँदको घाम झललल सगरमाथा टललल
चिसो हावा बनमा सररर,
चियाबारी झिलिलिलि रेलगाडी फिलिलिलि
लालुपाते बनमा झररर
Chorus
आम्मममम चारैतिर कति, झिलिलिलि रातो पहेलो बत्ती
आछुछुछुछु कति सारो जाडो
लौन आगो ताप्न आउ है सब एता चाडो
(आफ्नो आंगन आएछ है बडादिन ख्रीष्टमस फर्केर) २
Verse 2
हामी सबै रमाउँदै, खुसीयाली मनाउँदै
मुक्तिदाता जन्म्यो भनेर,
सम्झनामा रम्दैछौं कति भव्य पल थ्यो जब
ईश्वर आए मानिस बनेर
Verse 3
न बलले न बुद्धिले, न धनले न शक्तिले
मानिसको पापलाई पखाल्छ,
येशू ख्रीष्ट आउनुभो, मानिसलाई बचाउनलाई
उनमा मात्र पापको क्षमा छ

NepaliHymns