Skip to content

Song

चिसो दिन अनि रात छChiso Din ani Raat Chha

WriterEjjak Pradhan

13 Views

Lyrics

चिसो दिन अनि रात छ
रात अझ सुनौलो छ
ताराहरूले केही भनिरहेछ
चिसो दिन अनि रात छ
रात अझ सुनौलो छ
ताराहरूले केही भनिरहेछ
बेथलेहेम नगरैमा गाईको गोठमा
मुक्तिदाताले जन्म लिएको छ
यहि हो शुभ-अवसर
सुनौँ है खुसीको खबर
यहि हो शुभ-अवसर
सुनौँ है खुसीको खबर
संसारै रमाए झैँ लाग्छ
उनकै जन्ममा
ज्योतिले राज्य गरेछ
अन्धकार हटीरहेछ
चिसो दिन अनि रात छ
रात अझ सुनौलो छ
ताराहरूले केही भनिरहेछ
ईश्वरको पुत्र भएर पनि
जन्म है लिए गोठैमा
मानिसको उद्धार गर्नलाई
पसिनु भो डुँडैमा
ईश्वरको पुत्र भएर पनि
जन्म है लिए गोठैमा
मानिसको उद्धार गर्नलाई
पसिनु भो डुँडैमा
यो कुरा भन्छन् केहि
नम्र भई जन्मे उनी
यो कुरा भन्छन् केहि
नम्र भई जन्मे उनी
संसारको थोकलाई त्यागि
उनिकहाँ जाऔँ है हामी
संसारको थोकलाई छोडी
उनिकहाँ जाऔँ है हामी
चिसो दिन अनि रात छ
रात अझ सुनौलो छ
ताराहरूले केही भनिरहेछ