कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिए
Calvary Dandako Tyo Krushma
Song
कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिएCalvary Dandako Tyo Krushma
3 Views
Lyrics
Verse
कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिए
कत्रो उदेकको त्यो प्रेम उनको ममा प्रकट गराए,
उनको हृदय छेड़ियो, हातमा कीलाको दाग
पाउ काँटीले जो घोचियो, मेरो तिम्रो यो भाग ।
Chorus
धन्य हो पाठो ईश्वरको स्तुति प्रभुको
येशूको गाउँदै रहनेछु यश सदा, उनको जय होस्
Verse
बाँच्ने उपाय अरू नदेख्ने म क्रूसमा गएँ
ख्रीष्टले आफ्नो दयाको हातले चङ्गा गराए,
उदेकको बदलाव ममा ल्याए ख्रीष्टले
हृदयको दुःख निकालेर आफ्नो शान्ति दिए ।
Verse
आऊ हे मित्र ख्रीष्ट प्रभुमा उनले बोलाउँछन्
हृदय अशान्तिले भरेको पापले दबेको जीवन,
पाप क्षमा र शान्ति ख्रीष्ट दिनेछन् उसलाई
अरू कोही दाता छैन प्रभु मसीह सिवाय ।