KB · Hymns · #412
अघि बढ़ ख्रीष्टीय यत्न, बचाऊ एकै साथीलाई
C3/4Translated
Verse
अघि बढ़ ख्रीष्टीय यत्न, बचाऊ एकै साथीलाई
लैकाऊ उसलाई येशूकहाँ छिटो नै बाटो देखाई
Chorus
अघि बढ़ ख्रीष्टीय यत्न, सत्य र धर्मलाई बढ़ाऊ
अन्धकारमा बस्ने सबलाई निकाली ज्योतिमा ल्याऊ
Verse
अघि बढ़ ख्रीष्टीय यत्न किन ढिलो गर्दछौ
ईश्वरको दया नबुझ्ने साथीलाई भनिदिन्छौ
Verse
अघि बढ़ ख्रीष्टीय यत्न जिउँदो रोटी बाँड़्नलाई
येशूकहाँ सबैलाई ल्याऊ मुक्ति दिन्छन् सबैलाई
Verse
अघि बढ़, ख्रीष्टीय यत्न, बनाऊ आनन्दित सबलाई
अघि बढ़, स्वर्गतिर गीतले दुःख बिर्साउँदै