सिरिरि सिरेटो
Chorus
मलाई घाम मन पर्छ, मलाई जून मन पर्छ
जीवनभर येशूको चेला हुन मन पर्छ
हुन मन पर्छ लहै, हुन मन पर्छ
मलाई घाम मन पर्छ, मलाई जून मन पर्छ
जीवनभर येशूको चेला हुन मन पर्छ
मलाई झर्न मन पर्छ, पहाड चढ्न मन पर्छ
दिनहुँ येशूको बचन पढ्न मन पर्छ
लहै, लहै, लहै
Verse 1
उठाएर नजरहरू हेर्छु चारैतिर
देख्छु परमेश्वरको भलाई (२)
खेर फाल्दिन जीवन कुनामा बसी
भन्दै म, मेरो, मलाई
स्वर्गीय उद्देश्यले जीवन भर्नेछु
येशूको काम पूरा गर्नेछु
Chorus
हिमालचुली मन पर्छ, त्रिशूली मन पर्छ
सजिएको येशूको बेहुली मन पर्छ
मलाई भेला मन पर्छ, स्तुतिगान मन पर्छ
हप्तैपिच्छे मण्डलीमा जान मन पर्छ
लहै, लहै, लहै
Verse 2
खान्द्रुकैमा लाग्यो घाम, सन्दकपुरमा कुइरो ड्याम्म
मोलकोटको खासघारी (२)
चारैतिर देख्छु म महिमा परमेश्वरको वारी र पारी
प्रकृतिले पनि उद्धार पाउनेछ
जब पुत्र फर्की आउनेछ
Chorus
मलाई टिस्टा मन पर्छ, मलाई रङ्गीत मन पर्छ
प्रकृतिमा प्रशंसाको सङ्गीत मन पर्छ
चेला बन्न मन पर्छ, बनाउन मन पर्छ
येशूको बचन सुन्न सुनाउन मन पर्छ
लहै, लहै, लहै, लहै, लहै, लहै

NepaliHymns