प्रश्न
- Writer
- Prasan Pariyar
Verse 1
तिमी भित्रको आफैलाई
प्रश्न गरी हेर न
कहाँ पुगेछौ भनी
एकचोटि सोधी हेर न
Verse 2
बिहानी ब्युँझिएर आफैलाई
झक्झक्याई हेर न
के को लागि जिउँदैछु
भनी आफैलाई सोध न
Chorus
के तिमी बिलाएछौ यहाँ
हराएछौ कहाँ कहाँ
के तिमी बिलाएछौ यहाँ
हराएछौ कहाँ कहाँ
कहाँ
Verse 3
बाहिर मात्र हासेर
भित्री रोइरहेछौ
वास्तविकता लुकाएर
के को लागि हाँस्दैछौ
Chorus
के तिमी नियाल्न सक्दैनौ
यथार्थ बुझ्दैनौ किन
के तिमी नियाल्न सक्दैनौ
यथार्थ बुझ्दैनौ किन
तिमी
Bridge
माथि तिर आँखा उठाई
हेर एकचोटि
प्रश्नहरुको उत्तर सबै
पाउनेछौ तिमी
प्रतिज्ञाहरु केलाई हेर
पाउनेछौ खुशी
अनन्तताको वाचाहरु
देख्नेछौ तिमी
Chorus
हौ तिमी चुनिएको मानिस
किनिएको शरीर
हौ तिमी चुनिएको मानिस
किनिएको शरीर
उनको रगतले
Outro
तिमी भित्रको आफैलाई
प्रश्न गरी हेर न

NepaliHymns