Skip to content
Janna Dinuhos

Song

जान्न दिनुहोसJanna Dinuhos

WriterAdrian Dewan

Track 1 on जान्न दिनुहोस ↗

Nov 23, 20216 Views

Lyrics

Verse
(जान्न दिनुहोस् आफ्नो हृदयमा
के छ येशू
म त तपाईंको सल्लाह बिना
अल्मलिन्छु) २
हराउन नदिनुहोस् मलाई
संसारको जन्जालमा
आउनुहोस् मेरो नजिक प्रभु
बोल्नुहोस् न मसित
Verse
(सुन्न दिनुहोस् मधुर आवाजलाई
हे येशू
म त तपाईंको हरेक वचनले
बाँचेको छु) २
लडाउन नखोज मलाई यहाँ
अनेक भुमरीहरूले
दिनुहोस् विजय ती सबमाथि
भरिदिनुहोस् नयाँ शक्तिले
Bridge
(आज्ञाकारिताको बाटोमा
हिँड्न म चाहन्छु
सांसारिक अभिलाषाहरूलाई
त्याग्न म चाहन्छु)
आत्माले डोर्याएको जीवन
जिउन म चाहन्छु
लडाउन नखोज मलाई बाधा
र परीक्षाहरूले
लड्नुहोस् मेरो निम्ति प्रभु
निश्चय जित्नेछु मैले
Outro
जान्न दिनुहोस्
आफ्नो हृदयमा
के छ येशू