स्वागत छ कलवरीको फेदीमा
को. स्वागत छ कलवरीको फेदीमा
जीवन आफ्नो सर्वाङ्ग चढ़ाउनेलाई (२)
१. निराशतामा जिउने यौवनहरू विवशतामा रुने आत्माहरू (२)
वरदानको अमूल्य जीवनलाई अभिषापमा सिद्ध गर्नेहरू
जीवनको परिभाषा बुझिदिनलाई
मौका छ आज नै तिम्रो जीवनलाई
२. थकित भएका जीवनहरू, आशा विहीनका यौवनहरू (२)
सुन्दर जीवन र उज्वल भविष्य, सबै हेर्न चहाने रहरहरू
पहिला तिम्रो जीवन सुम्पिदेउ प्रभुलाई,
मौका छ आज नै तिम्रो जीवनलाई ।