शान्त विश्रामको स्थान छ यहाँ
१. शान्त विश्रामको स्थान छ यहाँ, ईश्वरको छातीमा
पापले हैरान पार्दैन यहाँ, ईश्वरको छातीमा ।
को. ईश्वरकै छातीबाट, धन्य येशू आयौ
समाती राख्नोस् मलाई, ईश्वरको छातीमा ।
२. मीठो शान्तिको स्थान छ यहाँ, ईश्वरको छातीमा
हाम्रो प्रभुलाई भेट्छौं यहाँ, ईश्वरको छातीमा ।
३. स्वतन्त्र सिद्ध स्थान छ यहाँ ईश्वरको छातीमा
पूरा आनन्द शान्ति छ यहाँ, ईश्वरको छातीमा ।